शिवराज अस्पतालमा एचपिभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
कृष्णनगर, २२ माघ । शिवराज अस्पतालमा सोमबार एचपिभी (ह्युमन पापिलोमाभाइरस) खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अस्पतालका डाक्टर मनिष मण्डलले एचपिभी खोपबारे जानकारी गराउँदै यसको महत्त्व, प्रयोग तथा उमेर समूहबारे विस्तृत रूपमा जानकारी दिएका थिए। उनका अनुसार एचपिभी खोप सर्वाधिक रूपमा गर्भाशय क्यान्सर रोकथामका लागि प्रयोग गरिन्छ र विशेषगरी ९ देखि १४ वर्षसम्मका बालिकालाई प्राथमिक रूपमा लगाइन्छ। उनले खोपका फाइदा तथा सम्भावित बेफाइदाबारे पनि प्रस्ट्याएका थिए।
कार्यक्रम सञ्चालन हे.अ. पंकज गुप्ताले गरेका थिए। अभिमुखीकरण कार्यक्रममा मुस्लिम अगुवा, पूर्व शिक्षक, पत्रकारलगायतको उपस्थिति रहेको थियो।
यस कार्यक्रमसँगै एचपिभी खोप अभियान सोमबारदेखि औपचारिक रूपमा सुरू भएको छ।

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam