कृष्णनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
कृष्णनगर, २२ माघ ।
कपिलवस्तुकाे कृष्णनगरबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विजयनगर गाउँपालिका-४ बरगदवाका २८ वर्षीय मतिउल्ला मुसलमान र गाउँपालिका- ३ कडिहारका २५ वर्षीय मैराज अहमद रहेका छन् ।
प्रहरीले मतिउल्ला मुसलमानकाे साथबाट ८ सय २० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको माेटरसाइकललाई भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा ब्राउन सुगर र उनीहरु सवार माेटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
पक्राउ परेका मतिउल्ला मुसलमान र मैराज अहमदलाई जिल्ला अदालतबाट १० दिनकाे म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले जनाए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam