मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्याे : सांसद चौधरी
काठमाडौं : सांसद अशोककुमार चौधरीले ताप्लेजुङको मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन र सांस्कृतिक अतिक्रमण गरेको बताएका छन्। आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा उनले गोली चलाएर भन्दा पनि शान्तिपूर्ण वार्ताबाट समस्या समाधान गर्न माग गरेका हुन्।
उनले त्यस्ता घटना नदोहोर्याउन पनि सरकारसँग माग गरे। उनले भने,‘ताप्लेजुङको पवित्र भूमि मुक्कुम्लुङमा निर्दोष नागरिकको रगत बगाइएको छ,केबलकार निर्माणको नाममा सरकारले बल जबरजस्ती दमन र सांस्कृतिक अतिक्रमण गरेको छ,स्थानीयको आवाज दबाउन बन्दुक ताक्ने रबय पूर्णरुपमा अस्वीकार्य छ,यस्तो हिंसा दमनकारी पूर्ण नदोहोरियोस्,घाइतेहरूको निःशुल्क उपचार होस, शान्तिपूर्ण ढंगले समस्या समाधान होस।’
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा जारी विवाद अझै कायमै छ। आन्दोलनरत पक्षले कुनै पनि हालतमा केबलकार निर्माण नहुनुपर्ने अडान लिएको छ। माघ २२ गते आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएपछि केबलकार निर्माण कार्य रोकिएसँगै तत्काल बन्द फिर्ता लिएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam