मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीय लिलबहादुर राई र काठमाडौं महानगरपलिका-२३ वसन्तपुर बस्ने ३७ वर्षीय विशाल श्रेष्ठ रहेका छन्।
पक्राउमध्ये लिल बहादुरले मलेसिया पठाइदिछु भन्दै २ जना पीडितहरूबाट २ लाख रुपैयाँ र विशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिल बहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र विशाललाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam