चाेरी मुद्दामा कैद सजाय भाेगेका पारस गाैेड ब्राउन सुगरसहित पक्राउ
कृष्णनगर, ३० माघ ।
कपिलवस्तुकाे कृष्णनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक भारतीय पक्राउ परेका छन् । उत्तर प्रदेश बलरामपुर मदरहवा-बिशनपुर टनटनवा भगगौरका ३८ वर्षीय पारस गौडलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे ।
उनको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ सय ७० मिलिग्राम फेला परेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । कृष्णनगर नगरपालिका-३ ट्रान्समिटर नजिकै शंकाष्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउँदै गरेकाे अवस्थामा चेकजाँच गर्दा गाैडकाे साथबाट उक्त पदार्थ फेला परेकाे उनलेे जनाए ।
प्रहरी निरीक्षक खत्रीका अनुसार पक्राउ परेका पारस गाैड गत जेठ २५ गते यसै कार्यालयबाट चोरी मुद्वामा ३ महिना कैद भुक्तान गरी छुटेका थिए । जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam