कृष्णनगरमा पहिलो पटक बृहत समुदाय सुरक्षा सचेतना अभियान सञ्चालन
कृष्णनगर, फाल्गुन १ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना अभियान सञ्चालन गरिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा नगरपालिकाको सभा हलमा उक्त अभियानको उद्घाटन गरिएको जनाइएको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले सुरक्षा प्रवर्द्धनमा प्रहरी सधैं तत्पर रहने बताउँदै स्थानीय सरकार, संघसंस्था, जनप्रतिनिधि, शिक्षक, अभिभावक लगायत समाजका अगुवासँगको सहकार्य आवश्यक रहेको बताए ।
यस्तै नगर प्रमुख रजत प्रताप शाहले खुला सिमाना सुरक्षाका दृष्टिले चुनौती रहेको बताए । उनलेे लागु औषध दुर्व्यसनका घटनाहरूको गम्भीर अध्ययन गर्नुपर्नेमा जाेड दिए । समाजमा अझै केही कुरीतिहरू रहेको बताउँदै शिक्षाको माध्यमबाट समाजलाई विकसित बनाउन आवश्यक रहेको उनलेे बताए ।
यसैगरी प्रहरी निरीक्षक सुरज खत्रीले अपराध रोकथाममा सबैको दायित्व रहने उल्लेख गर्दै समुदायमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम ल्याइएको बताए । अपराधका प्रकार, त्यसको रोकथामका उपाय तथा स्थानीयस्तरमा प्रहरी र समुदायको साझेदारी आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले होटल व्यवसायीहरूले सिसिटिभी क्यामरा जडान गरी सुरक्षामा सहयोग पुर्याइरहेको र कुनै पनि संदिग्ध गतिविधि भएमा प्रहरीलाई खबर गरिरहेको जानकारी दिए।
कार्यक्रममा नगर उप-प्रमुख आरती देवी चौधरी, नि. प्रमुख प्रशासकीय अधिकृत शंकर भट्टराई, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य सुशील श्रीवास्तव, तथा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत प्रहरी, शिक्षक, होटल व्यवसायी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam