विश्वमा एकैदिन २ लाख ३ हजार ८३६ कोरोना संक्रमित थपिए
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आइतबार एकैदिन विश्वमा दुई लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । आइतबार २ लाख ३ हजार ८३६ कोरोना संक्रमित थपिएको डब्लूएचओले जनाएको छ ।
शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा एक करोड ११ लाख २५ हजार २४५ जनामा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख २८ हजार २०४ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा १५ हजार ७८४ मा संक्रमण पुष्टि भइसकेको छ भने ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


