डढेलोका कारण सय भेडीगोठ जोखिममा
ढोरपाटन : बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन।
शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो। आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले जानकारी दिए।
आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ।
अध्यक्ष मगरले भने, ‘आगलागी भएको क्षेत्र निसीखोलाका किसानहरूले भेडा चरनका रूपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँ भेडाबाख्रा छन्। ती सबै आगलागीको जोखिममा छन्।’ आगलागीको कारण अझै पत्ता लागेको छैन।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam