कामपाले वडालाई भन्यो- आवासीय क्षेत्रभित्र कवाडी व्यवसाय दर्ता नगराउनू
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयहरूलाई आवासीय क्षेत्रभित्र कवाडी व्यवसाय दर्ता र नवीकरण नगर्न/नगराउन निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरको नीतिविपरीत दर्ता नगर्न निर्देशन दिएको हो।
महानगरपालिकाका अनुसार काठमाडौँ महानगरपालिकाको आव ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको आवासीय क्षेत्रबाहेकका स्थानहरूमा मात्र कवाडी तथा निर्माणजन्य सामग्री बिक्री केन्द्रहरू सञ्चालन गर्न अनुमति दिइने भन्ने प्रावधान छ।
‘ती प्रावधान रहेको हुँदा चालू आव ०८१/८२ देखि काठमाडौँ महानगरक्षेत्रभित्रका आवासीय क्षेत्रभित्र कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्नु/नगराउनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।
कामपाको नीतिविपरीत सञ्चालनमा रहेको पाइएमा सोको विवरण यथाशिघ्र राजश्व विभागमा उपलब्ध गराउन पनि महानगरपालिकाले आग्रह गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam