अध्यादेश फेस गर्न कांग्रेस र एमालेले लगाए ह्वीप
काठमाडौं : सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन्। उक्त दिन अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलले सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन्।
सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश अघि बढाउने तयारीमा सत्तारूढ दलहरू छन्। भूमिसम्बन्धी अध्यादेशमा भने विपक्षी दलले मात्र नभई सत्ता साझेदार लोसपा र सरकार समर्थित दल जसपा नेपालले साथ नदिएपछि सरकार पछि हटेको छ।
जसपा फकाउने अनेकन् प्रयास विफल भएपछि सरकारले अन्य पाँच अध्यादेश मात्र अघि बढाउन लागेको हो। भूमि अध्यादेश भने फिर्ता लिएलगत्तै विधेयक सदनमा लाने तयारीमा सरकार छ।
थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam