मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौं : अर्थमन्त्री पौडेल
२१ फागुन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने दाबी गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
‘अहिले हामी सघन निगरानीमा छौं । जसलाई हामी ग्रे लिस्ट भन्ने गर्छौं । सरकारको कमिटमेन्ट छ, सरकारले निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ग्रे लिस्टबाट निकाल्छौं,’ उनले भने ।
मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका रहेको भन्दै त्यसबारे सदनमा आफूले जानकारी दिने पनि उनले जिकिर गरे ।
‘ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन अरु कसैले, जसका बारेमा सदनसमक्षम म ह्वाइट पेपर लिएर उपस्थित हुनेछु,’ अर्थमन्त्री पौडेलले भने, ‘हो ग्रेलिस्टबाट मुलुकलाई कमब्याक गर्नका लागि सरकारले गम्भीर पहलकदमी लिएर आउँछौं ।’
‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर निकाल्न दुई वर्षको समय पाइएको भए पनि त्यसअघि नै काम सक्ने उनले बताए । ‘हामीलाई २ वर्षको समय उपलब्ध छ । त्यो भन्दा अगाडि नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्छौं,’ उनले भने ।अनलाइनखबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam