रास्वपाको प्रष्टीकरण : रक्सी चोर्ने डाक्टरले ३ महिनाअघि नै पार्टी छाडिसके

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोटेश्वरको भाटभटेनीमा लुटपाटमा संलग्न व्यक्ति आफ्नो पार्टीमा नरहेको दाबी गरेको छ।

रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका संयोजक समेत रहेका डाक्टर राजकुमार राई राप्रपाका नेताहरूसँग पक्राउ परेका हुन् । प्रहरीले उनको गतिविधिलाई सिसीटीभीमा हेरेर पक्राउ गरेको हो।

उनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेको समेत अभियोग लगाइएको छ।

तर रास्वपाले भने बिहीबार प्रेस वक्तव्य जारी गर्दै खोटाङका कांग्रेसका पूर्वनेता रहेका डा. राजकुमार राई, भगवती रोकालगयातका व्यक्तिहरू विगत करिब ३ महिना अगाडि देखि नै पार्टीबाट अलग भएको दाबी गरेको हो।

पार्टीका केन्द्री संगठन विभाग सचिव शंकर श्रेष्ठले उनीहरू रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले त्यसमा सत्यता नरहेको दाबी गरेका हुन्।

कानुन उल्लंघन गर्ने जोसुकै मानिस कानुनको दायरमा आउनुपर्ने र आफ्नो पार्टी भित्रका पनि जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्। थाहा खबर

TOP