विजयनगरमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको अनुगमन
राम प्रघट कोरी ,विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सोमवार एक टोलीले अनुगमन गरेको छ । गाउँपालिका अन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ को मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अनुगमन गरिएको हो ।
गाउँपालिकाभित्र विभिन्न वडामा सञ्चालन भएको कार्यक्रमको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा वडा नं. ७ मा बर्थिङ सेन्टर भवन निमार्ण, बंगुर खोर निमार्ण, आइसोलेशन सेन्टरमा बेडको साथै क्वारेन्टाइनमा व्यवस्थापन लगायतमा विशेषका साथ कार्य भएको सहजकर्ता रुकैया खातुनले बताउनुभयो ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले गाउँपालिकाभित्र विकासका क्षेत्रमा केही उत्कृष्ट कार्य गर्न सकेको र यस कोरोना महामारीको विषम परिस्थितिमा प्रभावकारी भूमिको निर्वाह गरेको अनुगमन टोलीले जनाएको छ ।
आज जिल्लाका समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, उपप्रमुख तारावती चौधरी , जिल्ला समन्वय अधिकारी रेउती रमण शर्मा, गाउँपालिका प्रमुख गोपाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई, सञ्चारकर्मी राम प्रघट कोरी, सहजकर्ता रुकैया खातुन लगायतको टोलीले अनुगमन गरेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


