एक रूपैयाँ भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्न सक्छु : लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले अहिलेसम्मको राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दावी गरेका छन्।

आज (मंगलवार) पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भनेर मन्दिरमा पस्न सक्ने बताएका हुन्।

उनले भ्रष्टाचार र भ्रष्टाचार गर्नेहरु देशका शत्रु भएको बताए।

उनले भने, ‘म ठूलो जिम्मेवारी पदमा बस्ने मौका त मिलेको छैन तर वडाध्यक्षदेखि उपप्रधानमन्त्री बन्ने मौका पाएँ, यति लामो राजनीतिक जीवनमा एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्न सक्छु, भविष्यमा पनि गर्दिनँ भनेर मन्दिर छिर्न सक्छु, जसले भ्रष्टाचार गर्छ, त्यो मान्छे दण्डित हुनुपर्छ।’

उनले सार्वजनिक ऋण बढिरहेको बताउँदै प्रदेश खारेज गर्नुपर्ने माग पनि गरे। थाहाखबर

TOP