लिङदेनले भने- ओली, शेरबहादुर र प्रचण्डलाई २५ वर्ष दिए पनि देश बन्दैन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश नबन्ने बताएका छन्।

आज (मंगलवार) पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘म आदरपूर्वक कांग्रेस, एमाले र माओवादीका साथीहरूलाई भन्न चाहन्छु, तीन नेताको पनि नाम लिन्छु, ओलीलाई कति वर्ष प्रधानमन्त्री बनाए देश बन्ला? त्यसपछि शेरबहादुर देउवाको पालो भनिएको छ, कति वर्ष बनाउने, कि बाँचुन्जेल? कि प्रचण्डलाई सत्तामा फर्काएर देश बन्छ, ५ वर्ष होइन यी तीनजनालाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश बन्नेवाला छैन, यिनीहरूलाई जति दिन राख्यौँ, त्यति दिन देश बर्बाद हुनेवाला छ।’

त्यसैले यो अभियान आन्दोलन उठाएको दावी उनले गरे। ‘यो पार्टीको मात्रै होइन, मुद्दा देश बचाउने र बनाउने हो, यसमा जोडिन पनि अपिल गर्न चाहन्छु,’ उनले भने।

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश नबन्ने बताएका छन्।

आज (मंगलवार) पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘म आदरपूर्वक कांग्रेस, एमाले र माओवादीका साथीहरूलाई भन्न चाहन्छु, तीन नेताको पनि नाम लिन्छु, ओलीलाई कति वर्ष प्रधानमन्त्री बनाए देश बन्ला? त्यसपछि शेरबहादुर देउवाको पालो भनिएको छ, कति वर्ष बनाउने, कि बाँचुन्जेल? कि प्रचण्डलाई सत्तामा फर्काएर देश बन्छ, ५ वर्ष होइन यी तीनजनालाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश बन्नेवाला छैन, यिनीहरूलाई जति दिन राख्यौँ, त्यति दिन देश बर्बाद हुनेवाला छ।’

त्यसैले यो अभियान आन्दोलन उठाएको दावी उनले गरे। ‘यो पार्टीको मात्रै होइन, मुद्दा देश बचाउने र बनाउने हो, यसमा जोडिन पनि अपिल गर्न चाहन्छु,’ उनले भने। थाहा खबर

TOP