तोलमा २ हजारले बढ्यो सुन
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ।
अघिल्लो दिन मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज एकैदिन २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको हो।
यसअघि आइतबार १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो।
चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यमा आइतबारदेखि निरन्तर गिरावट आए पनि आज फेरि उकालो लागेको हो।
सुनको भाउ बढेसँगै चाँदी पनि वृद्धि भएको छ। आज ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam