बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको मृत्यु
काठमाडौं : मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ।
गएराति करिब १० बजेतिर रा १ ख १६१३ नम्बरको बस म्याग्दीको बेनी नगरपालिका- ९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर सल्यानको त्रिवेणी गाउँपालिका-६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए।
गम्भीर घाइते उनलाई बेनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक प्रहरी नियन्त्रणमा छन्। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam