देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं : देशका विभिन्न स्थानमा भएका पछिल्ला सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ। भोजपुर, तनहुँ, कास्की र काभ्रेमा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
भोजपुर,भोजपुर नगरपालिका-३ सेतीबगरस्थित सडकमा बोखिमबाट छिनामखुतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त११२४ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-५ बस्ने ५२ वर्षीय निरप्रसाद फुयाल र ५५ वर्षीय भक्त बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँ,ब्यास नगरपालिका-५ मोचाबारीस्थित सडकमा ग.१ ख ५८७५ नम्बरको टिपर र ग.२५ प ५५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ब्यास नगरपालिका-५ माथिल्लो पाटन बस्ने ३० वर्षीय मनिष आले मगरको मृत्यु भएको छ।
शनिबार दिउँसो भएकोउक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।
कास्की,पोखरा महानगरपालिका-६ बुलौदीस्थित सडकमा हल्लनचोकबाट जिरोतर्फ जाँदै गरेको ग.१३ प ५९९८ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार पोखरा बस्ने लमजुङ घर भएका २९ वर्षीय बुदी गुरूङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
काभ्रे,मण्डनदेउपुर नगरपालिका-२ ठकुरी गाउँस्थितनिर्माणाधीन मिस्टिक माउन्टेन होटलको कम्पाउण्डमा बा.२ क ३४६४ नम्बरको टिपरबालुवा अनलोड गर्ने क्रममा करिब ७ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३१ वर्षीय बिनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam