यो वर्ष कति छ सार्वजनिक बिदा, सूचीसहित
काठमाडौं : २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ। नेपाल राजपत्रका अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व तथा दिवसका बिदा हुने छन्।
बडादशैँमा सात दिन र तिहारमा पाँच दिन समेत गरी पर्व बिदा २८ दिन हुनेछ। यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ। यसैगरी दुई दिन जन्मजयन्तीको बिदा हुनेछ।
यसबाहेक स्थानीय तहले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउनेछन्। साथै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले दिन सक्ने छन्। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam