यू-१९ विश्वकप एशिया छनोट : नेपालको लगातार दोस्रो जित


काठमाडौँ : यू-१९ आईसीसी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको खेल जितेर नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै खेल जितेको हो।

जितका लागि ओमानले पहिले ब्याटिङ गर्दै दिएको ११८ रनको लक्ष्य नेपालले १४ ओभर ३ बलमा २ विकेटमात्र गुमाएर भेट्टायो।

नेपालको जितमा निरजकुमार यादवले सर्वाधिक ४६ रनको योगदान गरे। साहिल पटेलले ४३ रन तथा कप्तान नरेन भट्टले अविजित १२ रन बनाए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमात्र बनाउन सक्यो।

ओमानका लागि जीतव्रजेश शाहले सर्वाधिक ५२ रनको योगदान गरे भने सिद्धार्थ सौम्य शंकरले १६ रन तथा प्रतिश हेमा रमेशले १० रन बनाए।

बलिङतर्फ स्पिनर युवराज खत्रीले सर्वाधिक ५ विकेट लिए।

जितसँगै २ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ।

थाहा खबर

TOP