सहकारी, लघुवित्त र मिटरब्याजी पीडितको एउटै स्वर : ओली सरकारको दिनगन्ती शुरु
काठमाडौँ : वित्तीय संस्था पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
मंगलबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ती शुरु भएको भन्दै सुनुवाइ नगरे अफूहरू प्रतिवादमा उत्रने चेतावनी दिएका छन्।
‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरूले कमजोरीको रूपमा लिन नहुने चेतावनी दिए।
ज्ञवालीले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै भने, ‘आफ्नो अधिकार र न्यायका लागि मानव समाजको उत्पत्तिदेखि आजसम्म भएका कुनै पनि लडाइँमा बहुसंख्यक उत्पीडितहरू पराजित छैनन् भने हाम्रो यो न्यायिक लडाइँमा पनि शासकहरू घुँडा टेक्न बाध्य हुनेछन्।’
सहकारी बचतकार्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरूसँग पटकपटक भएका सम्झौतालाई कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैरन्यायिक कार्य भएको बताए।
केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।
नेशन फर्स्टका अध्यक्ष डा. नन्द काप्रीले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको सरकार नभई पीडकको संरक्षक भएको आरोप लगाए। उनले भने, ‘ओली जनताको न्यायका लागि भन्दै १४ वर्ष जेल बसेँ त भन्नुहुन्छ, तर उहाँको निरङ्कुश र तानाशाही शासन शैलीले उहाँ सामन्ती, भ्रष्ट, दलाल र माफिया भएको देखिन्छ।’
आन्दोलनका संरक्षक अगस्त अधिकारीले पीडितको शान्तिपूर्ण आन्दोलनलाई कामजोर नठान्न चेतावनी दिए। लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालका मधेश प्रदेश इन्चार्ज युवराज रसाइलीले लघुवित्त, सहकारी र मिटरब्याजी महाजनहरूले सबैभन्दा धेरै चक्रवृत्ति ब्याजमा जनतालाई लुटिरहेको बताए। कोशी प्रदेश अध्यक्ष लुजा राईले पीडितहरूको न्यायका लागि महिलाहरू जस्तोसुकै लडाइँ लड्न पनि तयार रहेको बताइन्।
राष्ट्रिय स्वयंसेवक नेपालका अध्यक्ष मनोज पौडेलले पीडितलाई न्याय दिलाउन आफूहरू ज्यानको बाजी थापेर सडकमा उत्रिएको बताए।
शोभा पाठकले जीवी राई एउटा पात्र मात्र भएको भन्दै, सहकारी, लघुवित्त र मिटरब्याजी लुटेराहरूलाई राज्य सञ्चालकहरूले नै संरक्षण गरिरहेको आरोप लगाइन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का केन्द्रीय कोषाध्यक्ष देवकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam