‘यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो’
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अहिले अपारदर्शी र असंवैधानिक सरकार भएको बताएका छन्।
रूपन्देहीको भैरहवामा बिहीबार प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले अहिलेको सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गरे। उनले कांग्रेस र एमालेका एकदुई नेताबाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बनेको बताए।
‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले भएको हो,’ उनले भने, ‘यो भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो।’
उनले आफूले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको स्मरण गराए। उनले कांग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको सरकार बनेदेखि नै जनतामा कुनै आशा नभएको दाबी गरे। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam