नृत्य गुरू सुरेश मिश्रको निधन

काठमाडौं : शास्त्रीय नृत्यका प्रसिद्ध गुरू सुरेश मिश्रको ६९ वर्षको उमेरमा आज बिहान निधन भएको छ।

कत्थक नृत्यमा भारतको इलाहाबाद विश्वविद्यालयबाट एम म्युज गर्ने उनी पहिलो नेपाली र्थि। मिश्रले नृत्य निर्देशकका रुपमा राष्ट्रिय नाचघरमा लामो समय काम गरे।

मिश्र दम रोगले पीडित थिए, उपचारका क्रममा काठमाडौँको सिभिल अस्पतालमा निधन भएको हो।

मिश्रका पत्नी, दुई छोरी र एक छोरा छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ।

थाहा खबर

TOP