विचार व्यक्त गर्नकै लागि हिंसा गर्नु पर्दैन : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विचार व्यक्त गर्दा सभ्य भाषा प्रयोग गर्नुपर्ने बताएका छन्।
बिहीवार काठमाडौँमा आयोजित नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपालमा विगतमा द्वन्द्वरत पक्षलाई निर्वाचनको प्रतिष्पर्धाबाटै शान्तिपूर्ण राजनीतिमार्फत आफ्ना योजना अगाडि बढाउन सकिने बाटो देखाएर हिंसाको बाटो छाड्न सहमत गराएको बताए।
उनले विचार व्यक्त गर्नकै लागि हिंसा आवश्यक नभएको पनि उल्लेख गरे। विचार व्यक्त गर्न अमर्यादित तथा समाजलाई पाच्य नहुने गालीगलोजको भाषा प्रयोग हुनु सामाजिक र राजनीतिक दृष्टिकोणमा पनि गलत भएको उनको भनाइ छ।
उनले नेकपा एमालेले विचारकै माध्यमबाट विगतमा निर्वाचन जितेर एकलौटी सरकार निर्माण गरेर ऐतिहासिक काम गरेको दावीसमेत गरे।
‘द्वन्द्व नहुनु पर्थ्यो भयो, धेरै मेहेनतका साथ हामीले उहाँहरुसँग संवाद गरेर उहाँहरुलाई सम्झाएर यो बाटोबाट कहीँ पुगिनेवाला छैन भनेर र फेरि पनि प्राप्त गर्ने के हो? कसैका विचारका लागि मुख थुन्ने तपाईंलाई साध्य हुन्न‚’ उनले भने, ‘विचार समुचित ढंगले व्यक्त गर्नुपर्छ। अश्लील, असामाजिक, गालीगलोज अमर्यादित समाजलाई स्वीकार्य नहुने असभ्य भाषा शैली भावभंगीको प्रयोग उपयुक्त हुँदैन। शान्तिपूर्ण ढंगले शान्तिपूर्ण बाटोबाट अगाडि जान र सरकार बनाउन‚ आफ्ना नीति कार्यान्वयन गर्न सकिन्छ भने हिंसाको बाटो किन चाहियो?’
शासकले जनताको अधिकार खोस्ने तथा दमन गरेको अवस्थामामात्र जनता हिंसामा उत्रिनसक्ने उनको भनाइ छ।
‘हिंसा त त्यतिबेला स्वीकार्य हुनसक्छ जति बेला निहत्था जनतालाई सत्ताले दमन गर्छ अधिकार खोस्छ‚ अधिकार दिँदैन र अधिनायकवादी जहानियाँ शासन राणा होस् या शाह होस् जन्मसिद्धको श्रेष्ठताको सिद्धान्तको आधारमा‚’ उनले भने, ‘जन्मदै कोही राजा हुन जन्मिने कोही श्री ३ हुन जन्मिने श्री ५ हुन जन्मिने यस्ता भ्रमपूर्ण र मूर्खतापूर्ण कुरालाई वास्तवमा अस्वीकार गरेर जनताले अगाडि जानसक्ने अवस्था छ। यसकारण हिंसा रोक्नूस् भनेर हिंसा रोकन लगाइयो।’
प्रधानमन्त्री ओलीले नेपालमा भएको द्वन्द्व पीडितहरुको न्यायका लागि शान्ति निरुपण तथा बेपत्ता छानबिन आयोग बनाएर काम अगाडि बढाउन राजनीतिक कारणले ढिलाइ भए पनि अब त्यसका लागि सरकारले काम अगाडि बढाइसकेको बताए।
थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam