कानूनहरू चाँडै पारित गर्नेगरी काम भइरहेको छ : मन्त्री चौरसिया
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडि बढेको बताएका छन्।
शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले आगामी दिनमा सम्बन्धित मन्त्रालयको विषयमात्र समेटेर कानून संशोधनको प्रयास गर्ने बताएका हुन्।
मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानूनहरू ल्याउने बताए।
उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुनेगरी कानूनहरू ल्याउने जिकिर गरे।
“केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको छ। धेरै ठूला संशोधनहरू थिए। ८०/८१ भन्दा धेरै संशोधन थिए। त्यसमा विभिन्न मन्त्रालयको विषयहरू समेटिएको कारणले लामो छलफल र मन्त्रालयहरूको समेत सहमतिले माननीय सांसदहरूले सहमति जनाउनुभएको छ‚’ मन्त्री चौरसियाले भने, ‘माननीय सोविता गौतमले भन्नुभयो कानून लामो ल्याउनुभन्दा सानो सानो ल्यायो भने छिटोछरितो हुनसक्छ। एउटाको कारणले अर्को अड्किने, अर्कोको कारणले अर्को अड्किने। हामी प्रयास गर्छौं। एक/एक वा दुई/दुई मन्त्रालयको मात्र समेटेर आगामी दिनमा संशोधन ल्याउने प्रयास गर्दछौँ।”
मन्त्री चौरसियाले अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा पर्यो भनेर भाष्य बनाइएको भन्दै त्यसप्रति आपत्तिसमेत जनाए। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam