समय पाए शिक्षक प्रतिनिधिले आज प्रधानमन्त्रीलाई भेट्ने
काठमाडौँ : नेपाल शिक्षक महासंघका प्रतिनिधिले समय मिलेमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने भएका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले प्रधानमन्त्री ओलीले समय दिएमा आज साँझ भेट्न लागेको जानकारी दिए।
नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन्।
परिषद्का महासचिव योगीले भने, ‘प्रधानमन्त्रीज्यू अहिले चितवनमा हुनुहुन्छ, उहाँ आजै काठमाडौँ आउने नआउने जानकारी छैन, समय दिनुभयो भने भेट्ने भन्ने छ तर फिक्स छैन। अहिले चाहीँ हामी आन्दोलनको समीक्षा गरिरहेका छौँ।’
उनका अनुसार प्रधानमन्त्रीसँग भेट भएमा शिक्षकहरुका मागबारे जानकारी गराइनेछ।
यता, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने प्रधानमन्त्री ओलीलाई आज भेट्नेबारे कुनै जानकारी नभएको बताएका छन्। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam