पक्राउ परेपछि राप्रपा अध्यक्ष लिङ्देनले भने– हामी सबै थुनिन तयार छौँ
काठमाडौँ : निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू सबै थुनिन तयार रहेको प्रतिक्रिया दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट निस्केर सरकारविरुद्ध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका राप्रपा सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले गाडीमा हालेपछि भित्रबाटै प्रतिक्रिया दिँदै लिङ्देनले भने, ‘निरंकुश सरकारले गर्ने काम यही हो। हामीले यसमा अचम्म मानेका छैनौं। हामी सबै थुनिन तयार छौं।’
प्रहरीले अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंह लगायतलाई प्रक्राउ गरेको छ।
राप्रपाले तीनकुने घटेको हिंसात्मक घटना छानबिन गर्न न्यायिक आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्ने लगायतका माग राखेर आइतबार निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam