सङ्क्रमित थपिने क्रम घट्दो, डिस्चार्ज हुने बढ्दै, चार जिल्ला कोरोनामुक्त
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमित थपिने सङ्ख्या क्रमशः घट्दै गएको छ । पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको सङ्ख्या निरन्तर घटिरहेको र यो खुसीको कुरा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार असार १९ गते सात सय ४० जना सङ्क्रमित थपिएकोमा २० गते दुई सय ३२ जना, २१ गते दुई सय ९३ जना, २२ गते एक सय ८० जना र आज दुई सय चार जनामा मात्रै कोरोना भेटिएको छ ।
यस्तै पछिल्लो पाँच दिनमा आइसाेलेशनबाट घर फर्कनेको सङ्ख्या पनि घटिरहेको छ । गएको शुक्रबार देशभरका क्वरेण्टीनमा नाै हजार ८४ जना आइसोलेशनमा रहेकोमा आज आठ हजार ६ सय ३४ जना रहेका छन् ।
यस्तै चार जिल्ला कोरोनामुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा देखिएका सबै सङ्क्रमित निको भएर घर फर्किएसँगै यी जिल्लामा कोरोना सङ्क्रमित छैनन् । चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा सङ्क्रमण रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


