धनुषामा विष खाएका एकै घरका तीन बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
काठमाडौँ : धनुषामा विष सेवन गरेका एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ। आमा भने गम्भीर रहेकी प्रहरीले जनाएको छ।
जिल्लाको शहीदनगर नगरपालिका ५ का सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले थाहाखबरलाई जानकारी दिए।
आमा ३० वर्षीया पविता साह गम्भीर रहेकी प्रहरीले जनाएको छ। उनको प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
घटना सोमवार साँझ ६ : ४० बजेको समयमा भएको हो। घरमै आमासहित उनीहरू विष सेवन गरेको अवस्थामा फेला परेका र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam