आन्दोलन रोकी सहयोग गरौँ : गगन थापा
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलन स्थगित गरी विधेयक टुंग्याउन सहयोग गर्न कर्मचारीसँग आग्रह गरेका छन्।
बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले तत्काल आन्दोलन नथाल्न कर्मचारीलाई आग्रह गरेका हुन्।
निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग राखेर आन्दोलनको तयारी गरेका छन्। मंगलवारको समितिको बैठकमा आफ्ना माग सम्बोधन गर्दै ७२ घण्टाभित्र विधेयक पास गर्न समितिलाई अल्टिमेटम दिएका छन्। विधेयकलाई टुंग्याउन दबाब दिन तथा वातावरण नबिथोल्न आग्रह गरे।
थापाले भने, ‘संसदीय समितिले मेहेनतका साथ काम गरिरहेका बेला यसका सरोकारवाला पक्षहरूले पनि विधेयकको मान राखिदिनुपर्छ। जसरी पनि आफूहरू आन्दोलनमा जाने भन्ने विषय आएका छन्। यसलाई तुरुन्त रोक्न म आग्रह गर्छु।’
नेकपा (एमाले)का सांसद रघुजी पन्तले कर्मचारीको कुलिङ पिरियड नै नराख्न प्रस्ताव गरेका छन्। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियड, अतिरिक्त सचिव, भेटेनरीको तहका विषयमा असहमति राखे।
थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam