सुप्रभातले भने- जीवन दान दिएजस्तै विद्यार्थीलाई पनि शिक्षा दान दिन शुरु गर्नुस्
काठमाडौँ : नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आन्दोलनरत शिक्षकहरूलाई रक्तदान गरे जस्तै शिक्षा दान गर्न भनेका छन्। त्यसैगरी विद्यार्थीहरूलाई पनि अविलम्ब शिक्षा दिन शुरु गर्न आग्रह गरेका छन्। आज सामाजिक सञ्जालबाट उनले शिक्षकहरूलाई यस्तो आग्रह गरेका हुन्।
उनले लामो समयसम्म आन्दोलन चल्दा लाखौँ बालबालिका पढ्नबाट वञ्चित भएको बताएका छन्।
उनले भनेका छन्, ‘तपाईंहरूका राजधानी केन्द्रित आन्दोलनको आज २३ औँ दिनमा सत्कर्मको उदाहरण स्वरूप आन्दोलनस्थलमै रक्तदान कार्यक्रम गरिरहनु भएको छ, रक्तदान जीवन दानको कार्यको निमित्त तपाईंहरूलाई सम्मान स्वरूप सलाम गर्न मन लाग्यो, तपाईंहरू पेशागत मागका निम्ति सडकमै उत्रनुपर्ने स्थिति राज्य सरकारबाट सृजना भएको हो भन्ने कुरामा विमति रहँदैन, तपाईंहरूका आन्दोलनका स्वरूप विद्यालय बन्द र विद्यार्थीहरूको पढ्न, परीक्षामा बस्न पाउने अधिकारबाट वञ्चित भएका कारण आन्दोलनका स्वरूपप्रति भने सहमति जनाउन अभिभावकले सक्ने त कुरै भएन, तथापि तपाईंहरूका जायज मागहरू तत्कालै पूरा हुनुपर्छ भनेर मागप्रति अभिभावकहरूको पनि ऐक्यबद्धता रहेको छ।’
उनले शिक्षक खुसी भए मात्रै कक्षा कोठा पनि खुसी हुने बताए।
‘सरकार भनेको सबैका अभिभावक हो तसर्थ मिनेट पनि विलम्ब नगरेर शिक्षकहरूका मागप्रति सम्मान प्रकट गर्न हामीले विगतदेखि नै अनुरोध गरिरहेकै छौँ र अहिले पनि गर्दछौं,’उनले भनेका छन्,‘आज भएको रक्तदानले जसरी रगत आवश्यकता भएकालाई जीवन दान दिँदै हुनुहुन्छ, अर्कोतर्फ तपाईंहरूको पुण्यको कार्य विद्यार्थीलाई दिने शिक्षा अविलम्ब दान दिन शुरू गर्नुहुनेछ भन्ने विश्वास आजको रक्तदानको तपाईंहरूका कार्यले अझै दृढ बनेको छ।’
थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam