प्रधानमन्त्रीले आज संसदमा सम्बोधन नगर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन नगर्ने भएका छन्।
दिउँसो १ बजे सुरु हुने बर्खे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो। तर प्रमुख विपक्षी दलको नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सत्तारुढ नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीले बोल्ने कार्यक्रम स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले थाहाखबरलाई जानकारी दिए।
प्रचण्ड भुकम्प स्मृति दिवसको कार्यक्रमका लागि गोरखाको बारपाक पुगेका छन् भने देउवा थाइल्याण्डबाट आजै आउँदैछन्।
बर्तौलाका अनुसार प्रधानमन्त्रीले अरु कुनै दिन मिलाएर बोल्ने तयारी छ। संसदमा अरु क-कसले बोल्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। थाहा खबर
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam