शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई फेरि वार्तामा बोलाएको छ।
मन्त्रालयका सचिव डा. दीपक काफ्लेले शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्षलाई सम्बोधन गर्दै वार्तामा आउन आव्हान गरेका हुन्।
विद्यालय शिक्षक कर्मचारीहरू बिगत २४ दिनदेखि सडक आन्दोलनमा छन्। यसअघि मन्त्रालयसँग संवादमा रहेका शिक्षकहरू शिक्षा मन्त्रीबाट विद्या भट्टराईको राजीनामासँगै संवाद टुटेको थियो।
नयाँ शिक्षा मन्त्रीमा रघुजी पन्तले पदभार ग्रहण गरेको भोलिपल्ट मन्त्रालयले संवादका लागि आग्रह गरेको हो।
‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायिकी एवं कानुनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ । तसर्थ, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु।’ पत्रमा भनिएको छ।
विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको पत्रमा उल्लेख गरिएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam