सरकार ढल्ने अनावश्यक हल्लाले वातावरण बिथोलियो : एमाले
काठमाडौं : नेकपा एमालेले संसदबाटै वर्तमान सरकार ढल्ने हल्लामा सत्यता नभएको जिकिर गरेको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा एमालेका तर्फबाट धारणा राख्दै सांसद पदम गिरीले यस्तो दाबी गरेका हुन्।
सरकार स्थायित्व र विकासको गतिलाई तीव्रता दिन बनेको भन्दै अनावश्यक हल्लाको पछि नलाग्न गिरीले आग्रह गरे। अनावश्यक रूपमा फिँजाइएको हल्लाले कर्मचारीतन्त्र, प्रहरी र आमजनतामा अन्योलता सृजना गर्नुका साथै बन्न लागेको वातावरण बिथोलिएको बताए।
‘यो वर्तमान गठबन्धन सरकार मुलुकमा स्थायित्व दिन, विकास निर्माणका कामलाई गति दिनका लागि यो गठबन्धन बनेको हो। यो मुलुकको आवश्यकताले बनेको हो’, उनले भने, ‘तर दुर्भाग्य, के हुन्छ भने सरकार निर्माण हुन पाएको छैन सरकार आज ढल्छ, भोलि ढल्छ भनेर जिम्मेवार तहमा रहेका नेताहरूले अभिव्यक्ति दिनुले आमजनतामा अन्यौलता सृजना गर्छ। कर्मचारी, प्रहरी सबैमा अस्थिरता हुने भयो भनेपछि बन्न लागेको वातावरण बिथोलिने अवस्था बनेको छ। म भन्छु, सात बुँदे सहमति गरेर बनेको सरकारमा रहेका दलहरू प्रतिबद्ध छन्। एक भएर अघि बढेको अवस्था छ।’
केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले – कांग्रेस गठबन्धनको सरकार छिट्टै ढल्ने दाबी गर्दै औपचारिक रूपमै बताएका थिए। यतिसम्म कि उनले कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केलगत्तै सरकारको गठबन्धन फेरिने ठोकुवासमेत गरेका थिए। तर कांग्रेस सभापति देउवाले थाइल्याण्डबाट फर्केर तत्काल सरकार नफेरिने बताएपछि सबै मत्थर भएका छन्। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam