चट्याङ लागेर गोरखामा एकजनाको मृत्यु, २ घाइते
गोरखा : चट्याङ लागेर गोरखामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन।
आइतबार साँझ वर्षासहित परेको चट्याङ लागेर घरमा बसिरहेका शहीद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको हो। खनालको सदरमुकामस्थित प्रदेश अस्पताल गोरखामा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
चट्याङ लागेर नै पालुङटार नगरपालिका वडा नं ७ बस्ने वर्ष ५० कि सुकमाया आले र उनकी बुहारी वर्ष १८ कि विपना आले घाइते भएकाको र उनीहरुको चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
थाहा खबर
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam