राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनर्विचार गरौँ : रक्षामन्त्री राई
काठमाडौं : रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गर्न जरुरी रहेको बताएका छन्।
मंगलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। मन्त्री राईले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरु घटाउनसके घटाउन जरुरी रहेको बताए। धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा उनको जोड छ।
थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ।
रक्षामन्त्री राईले फास्ट ट्रयाक निर्माण भइरहेका क्षेत्रका सांसदहरुसँग छलफल गर्ने बताए। उनले गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निस्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताए। उनले गरिबी परिचयपत्र वितरण गर्न जरुरी रहेको पनि उल्लेख गरे।
थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam