बालाजुमा महिलाले आफ्नै शरीरमा लगाइन् आगो
काठमाडौं : काठमाडौं महानगरपालिका- १६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन्। जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले गएराति आफ्नो शरीरमा आफैँ आगो लगाएकी हुन्।
गएराति करिब १० बजेतिर उनले शरीरमा आगो लगाएकी हुन्। श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए।
नयाँबजारस्थित पिपल्स अस्पतालमा उनको उपचार भइरहेको छ। उनको पेट, छाती र हातमा गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ । थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam