रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ
काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी छुट्ने भएका छन्। उनलाई यसअघिको चर्चामा आएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट अर्को पत्र प्रहरीमा पुगेको छ।
चर्चामा रहेको उक्त पत्र आधिकारिक नभएकोले त्यो कार्यान्वयन नगर्न भनेर अर्को पत्र पठाइएको सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए।
यसअघि सर्वोच्चको मुद्दा शाखाबाट शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा रेशमलाई प्रहरीले पक्राउ गरेको थियो। विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा रेशमलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए।
त्यही पत्रका आधारमा जनमत पार्टीसँग हुन लागेको एकीकरण कार्यक्रमस्थल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाटै रेशमलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो। तर सर्वोच्चले उक्त पत्र कार्यान्वयन नगर्न भन्दै पत्र अर्को पत्र लेखेपछि रेशम तत्काल छुट्ने भएका छन्।
उता, पक्राउको पत्र काट्ने शाखा अधिकृत विष्ट आफैँ पक्राउ परेका छन्। प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam