अब नेपालले हाइड्रोजन इनर्जीबाटै गाडी चलाउँछ : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब हाइड्रोजन इनर्जीबाटै सवारीसाधन चलाउने बताएका छन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालसँग अब प्रशस्त विद्युत् उत्पादन क्षमता रहेको बताउँदै उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउनसक्ने बताए।
उनले नेपालसँग हाइड्रोपावरमात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले केही दिनअघि आफू हाइड्रोजन ब्याट्रीबाट चलाइएको गाडीमा चढेर एक कार्यक्रममा गएको स्मरण गर्दै हाइड्रोजन इनर्जीबाटै सवारीसाधन चलाउन सक्ने ठाउँमा पुगिसकेको र यसलाई बिस्तार गर्दै लैजान सकिने विश्वास गरे। उनले नेपाललाई विकासका सम्भावना प्रकृतिले नै उपलब्ध गराएको भन्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले भने, ‘हामी एआईलाई चाहिने इलेक्ट्रिसिटी उपलब्ध गराउन सक्छौँ। अहिलेको हाइड्रोपावर मात्रै होइन, हाइड्रो इनर्जी मात्रै होइन। ग्रिन हाइड्रोजन इनर्जी हामी उपलब्ध गराउन सक्छौँ। किनभने अस्ति हाइड्रोजन ब्याट्रीबाट चलाएको गाडीमा म आफै चढेर एउटा गएँ ।’
प्रधानमन्त्री ओलीले आइटी सेक्टरमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले नेपालमा पूर्वाधार, सडक पहुँच लगायतको राम्रो प्रबन्ध रहेको बताउँदै लगानीका लागि अनुकूल वातावरण बनेको समेत जिकिर गरे।
थाहा खबर
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam