नीति तथा कार्यक्रम : संविधान संशोधन अघि बढाउने
काठमाडौँ : सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधन गर्ने उल्लेख छ।
समीक्षा गर्ने र कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा ‘संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउने सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने’ उल्लेख गरिएको छ।
थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam