इजरायलले गाजामा आक्रमण तीव्र पार्ने, रिजर्भ सैनिकलाई युद्धमा बोलाइयो
इजरायलले गाजामा जारी आक्रमणलाई थप सशक्त बनाउन भन्दै रिजर्भ सैनिकलाई युद्धमा बोलाउन शुरु गरेको छ।
इजरायली सुरक्षा बल आईडीएफले गाजामा रहेका बन्धकलाई फिर्ता ल्याउन र आतंकवादीविरुद्धको निर्णायक कारबाही गर्न भन्दै रिजर्भ सैनिकलाई युद्धमा बोलाएको बीबीसीले जनाएको छ। हमास समूहसँगको युद्धविराम भंग भएपछि इजरायलले जारी राखेको आक्रमणले बन्धकको रिहाइको सम्भावना कमजोर बन्दै गएको विश्लेषण गरिएको छ। साथै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नियतमाथि समेत प्रश्न उठ्न थालेको छ। यही समयमा आईडीएफले रिजर्भ सैनिकलाई बोलाउन थालेको हो।
आईडीएफले गाजामा जमिनमाथि र जमिनमुनिको सम्पूर्ण संरचना ध्वस्त पार्ने चेतावनी दिइसकेको छ। रक्षामन्त्री इजरायल काट्जले यसअघि पटकपटक हमास समूहलाई नर्कको बाटो देखाइदिने चेतावनी दिँदै आएका छन्। आगामी बिहीबार बस्ने सुरक्षा क्याबिनेटले गाजामा अब कस्तो आक्रमण गर्ने भन्नेबारे निर्णय गर्नेछ।
हाल नेपालका विपीन जोशीसहित ५९ जना हमास समूहको कब्जामा छन्, जसमध्ये २४ जना जिवित रहेको अनुमान छ। तर उनीहरूको रिहाइ अन्योलपूर्ण बनेको छ। थाहा खबर
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam