शिवराज अस्पतालमा आपतकालीन शल्यक्रिया सेवाकाे तयारी, उच्चस्तरीय टोलीद्वारा अनुगमन
कृष्णनगर, २३ बैशाख ।
कपिलवस्तुकाे शिवराज अस्पतालमा पनि आपत्कालीन शल्यक्रिया सेवा सुरु हुने तयारीमा छ। अस्पतालको सेवा स्तर सुधार गर्न उच्चस्तरीय टोलीले अस्पतालमा अनुगमन गर्दै विशेष छलफल गरेको छ।
NICK SIMONS INSTITUTE का सिनियर प्रोग्राम म्यानेजर डा. मो. कासिम शाहको नेतृत्वमा आएको टोलीमा संस्था प्रतिनिधि, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, तथा शिवराज अस्पतालका चिकित्सक र कर्मचारीहरू सहभागी थिए ।
छलफलमा अस्पतालको पूर्वाधार, दक्ष जनशक्ति, उपकरण तथा स्रोत साधनको आवश्यकताबारे विस्तृत समीक्षासमेत गरिएको छ । टोलीले अस्पतालको वास्तविक अवस्था बुझ्दै, सेवा सुधारका लागि सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
नगर प्रमुख शाहले भने, “हाम्रो लक्ष्य हो, स्थानमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ । नगरपालिका सबै तहसँग समन्वय गरी आवश्यक सहयोग जुटाउने छ।”
कार्यक्रमले अस्पतालको समग्र स्तरोन्नति र छिट्टै आपत्कालीन शल्यक्रिया सेवा सुरु गर्ने दिशामा आशा जागेको देखिएको छ । स्थानीयवासीलाई अब निकट भविष्यमा स्वास्थ्य सेवा थप सहज हुने अपेक्षा गरिएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam