युक्रेनसँग विनाशर्त सिधा वार्ता गर्ने पुटिनको प्रस्ताव
काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग विनाशर्त सिधा वार्ता गर्न प्रस्ताव गरेका छन्। उनले यो वार्ता मे १५ बाट टर्कीको स्तानबुलमा शुरु गर्ने प्रस्ताव गरेका छन्।
गएराति क्रेमलिनबाट सार्वजनिक गरिएको टेलिभिजन सम्बोधनमा पुटिनले भने, ‘हामी गम्भीर वार्ताको खोजीमा छौँ, जसले द्वन्द्वको मूल कारण हटाएर स्थायी शान्तिको दिशातर्फ लान सकोस् ।’ उनले नयाँ युद्धविराम र नयाँ सम्झौताहरूमा पुग्न सकिने सम्भावनालाई पनि अस्वीकार नगरेको बताए।
पुटिनले आज टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग वार्ताको विस्तृत विषयमा छलफल गर्ने जानकारी दिएका छन्। यसबारे युक्रेनी सरकारको भने कुनै प्रतिक्रिया आएको छैन। हिजो मात्रै युरोपेली नेताहरू बेलायतका प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सका राष्ट्रपति इम्मानुएल माक्रों, जर्मनी र पोल्याण्डका शीर्ष नेताहरू कीभ पुगेका थिए,
जहाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनीहरूलाई स्वागत गर्दै संयुक्त पत्रकार सम्मेलन गरेका छन्। युरोपेली नेताहरूले सोमबार शुरु हुने ३०दिने बिना शर्त युद्धविराममा रुसलाई सहमत गराउन आह्वान गरेका थिए । साथै रुसले युद्धविराम अस्वीकार गरेमा उसमाथि ऊर्जा र बैंकिङ क्षेत्रमा नयाँ र ठूला प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएका थिए । थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam