ट्रकले ठक्कर दिँदा युवकको मृत्यु
काठमाडौं : ट्रकको ठक्करबाट गए राति दमकमा स्कुटी चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी र उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरीका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गए राति दमक नगरपालिका-१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।
घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रकचालक फरार छन् भने ट्रक र स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam