राजनीतिक दलहरूले राज्य संयन्त्रलाई दलीय चक्रव्यूहमा फसाए : सांसद ढकाल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरू दलीय चक्रव्यूहमा फसाएर राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुकुल प्रयोग गरेको आरोप लगाएका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राज्य संरचनाहरू चक्रव्यूहमा फसाएर निहित स्वार्थका लागि प्रयोग भइरहँदा तत्काल फाइदा भए पनि आम नागरिक र विश्व जगत चकित भइरहेको बताएका हुन्।
उनले राष्ट्र बैंकजस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा लज्जास्पद र ऐतिहासिक भुल भइरहेको बताए। आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने बताए।
विगतमा पनि दलीयकरणको वाछिटा राष्ट्र बैंकमा परिसकेको बताउँदै सांसद ढकालले राजनीतिक बाछिटाबाट उत्पन्न परिस्थिति सबैले देखेको स्मरण गराउनु भयो। उनले दलहरूले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दलहरूले गरिरहेको अभ्यास निन्दनीय भएको बताए।
उनले विगतमा राष्ट्र बैंकमा दलीयकरणको प्रभावले पारेको असरबारे सिंगो सदनमा बहस गर्न माग गरे। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam