गगन र विश्वप्रकाशलाई संकेत गर्दै थापाले भने : प्रि–बजेट छलफलमा ‘भेट्रान’ नेताहरू नदेख्दा आश्चर्य लाग्यो
काठमाडौं : नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलकै अनुभवी नेताहरु सक्रिय नभएको बताएका छन्।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताएका हुन्।
नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले बजेट वक्तव्य जारी नहुँदै सत्तारुढ दलकै नेताले बजेट पुस्तक च्यात्ने धम्की दिनेकुरा पनि आश्चर्य भएको थापाको भनाइ छ।
बुधवारको सभाको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणका लागि बजेट विनियोजन नगरिए बजेट पुस्तक च्यात्ने चेतावनी दिएका हुन्। सांसद थापाले सत्तारुढ दलकै नेताहरूले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसतर्फ सोच्न आवश्यक रहेको बताए। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam