कोशीको बर्खे अधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं : कोशी प्रदेश सभाको बर्खे (सातौँ अधिवेशन) आजबाट सुरु हुँदैछ।
सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेबाट विराटनगरस्थित सभा हलमा सुरु हुने प्रदेश सभाका कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यले बताए।
उनका अनुसार बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे सदनमा जानकारी गराइनेछ।
त्यसै गरी, बैठकमा सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आ(आफ्नो धारणा राख्ने उनको भनाइ छ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ सभामा टेबुल हुनेछ। थाहा खबर
भोटेकोशी बाढी पीडितका लागि कपिलवस्तु चेम्बरको सहयोग
भदौ १६, २०८३
(विजयनगर) कपिलवस्तु, १६ भदौ । रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन चेम्बर अफ…



ghanashyam