ओली र देउवाबीच छलफल, गृह र अर्थमन्त्री पनि सहभागी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिले भेटवार्ता भइरहेको छ।
अस्वस्थताको कारण देखाउँदै संसदमा प्रश्नोत्तर कार्यक्रममा अनुपस्थित भएका प्रधानमन्त्री ओलीलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका हुन्। उनीहरूबीच राष्ट्रबैंकको गभर्नर नियुक्तिको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
गभर्नर पद रिक्त रहेको डेढ महिना पुग्न लाग्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन। गभर्नर कांग्रेसलाई दिन प्रधानमन्त्री तयार भए पनि उसले प्रस्ताव गरेको नामका कारण नियुक्तिमा ढिलाई भइरहेको स्रोतको भनाइ छ।
कांग्रेसले अहिले डा.विश्व पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्रीलाई भनेको छ। तर पौडेलविरुद्ध सर्वोच्चमा रिट परेका कारण प्रधानमन्त्रीले नियुक्तिमा आलटाल गर्दै आएका छन्।
ओली र देउवाको छलफलमा गृह मन्त्री रमेश लेखक र उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेल पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam