‘उद्योगहरूमा पर्याप्त विद्युत वितरण, आजबाट डेढ सय मेगावाट विद्युत निर्यात’

काठमाडौं : उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगधन्दाहरूमा पर्याप्त विद्युत दिएको दाबी गरेका छन्।

बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो दाबी गरकेा हुन्। उनले यो हिउँदमा पर्याप्त विद्युत दिन नसकेको र मंगलवार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत दिइएको बताए।

उनले त्यसबाट बाँकी रहेको करिव डेढ सय मेगावाट विद्युत निर्यात शुरु गरिएको जानकारी दिए। उनले सांसदहरूलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि आग्रह गरे। सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उनको भनाइ छ। सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि सचेत गराए।

मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताए। उनले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताए। थाहा खबर

TOP