कृष्णनगरबाट दश लाखकाे चाैरी पैठारीका सामान बरामद

कृष्णनगर, १० जेष्ठ ।

कपिलवस्तुकाे कृष्णनगरबाट विभिन्न चाेरी पैठारीका सामान बरामद गरिएकाे छ । तस्करले भारतबाट चाेरी निकासी गरि भन्सार छलेर ल्याएका किरानाका सामान, कुखुरा र माेटरसाइकलसमेेत नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।

कृष्णनगर नगरपालिका-६ भिल्मीबाट १ सय ५० किलाे चिनी, महाराजगञ्ज नगरपालिका-९ कुसहवाबाट २ ओटा माेटरसाइकल, ३ बाेरा सुकेको राताे खुर्सानी, ३८ ओटा ब्राेइलर कुखुरा र १९ प्याकेट पार्ले-जी बिस्कुट प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको १० लाख रुपैयाँकाे सामान र नगद आवश्यक कारवाहीका लागि राजश्व अनुशन्धान कार्यालय र कृष्णनगर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लाैडारीले बताए ।

TOP